Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

चितवन दुर्घटना अपडेटः मृतकको संख्या पाँच पुग्यो, तीन जना गम्भिर

चितवन दुर्घटना अपडेटः मृतकको संख्या पाँच पुग्यो, तीन जना गम्भिर

  • शुक्रवार, कार्तिक २३ २०८१

  • 860
    SHARES

  • चितवन दुर्घटना अपडेटः मृतकको संख्या पाँच पुग्यो, तीन जना गम्भिर

    काठमाडौं। चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको ज्यान गएको छ। भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको ज्यान गएको चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो। दुर्घटनाका घाइते तीन जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

    दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। ज्यान गुमाउने पाँच जना र घाइतेमध्ये गम्भीर रहेका एक जना माइक्रोबसका यात्रु रहेका उहाँले बताउनुभयो। माइक्रो बसमा ६ जना थिए। बसका चालक र सहचालक घाइते भएकोमा अरु यात्रुको अवस्था सामान्य रहेको मिश्रले जानकारी दिनुभयो।

    मुग्लिनबाट नारायणगढ जाँदै गरेको बाग्मती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बाग्मती प्रदेश ३–००१ ख २८१२ नम्बरको बस आज बिहान तीन बजेतिर ठोक्किएर दुर्घटना भएको हो।


    शुक्रवार, कार्तिक २३ २०८१०९:२२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij