Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुँदै

त्रिभुवन विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुँदै

  • शुक्रवार, कार्तिक २३ २०८१

  • 683
    SHARES

  • त्रिभुवन विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुँदै

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि झण्डै पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि दैनिक १० घण्टा उडान बन्द गरेर काम गर्न लागिएको हो ।

    नेपाल नागरिक उडड्यन प्राधिकरण(क्यान)का अनुसार प्राधिकरण अन्तर्गतकै हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायतको विस्तार गर्नेछ।

    यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ। स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान आठ बजेसम्मका सबै उडान कटौती हुनेछन् । अहिले विमानस्थल बिहान छ बजे खुलेर राति दुई बजेसम्म सञ्चालन हुँदै आएको छ।

    आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा नहोस् भनेर उडान बन्द गरिएको बताउनुभयो। त्रिभुवन विमानस्थलमा आन्तरिकमा दुईतर्फी दैनिक तीन सयभन्दा धेरै र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारीमा उडान हुने गरेका छन्।


    शुक्रवार, कार्तिक २३ २०८१०८:०९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij