Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चितवनमा बस र हायस गाडी ठोक्किए : चार जनाको मृत्यु, ४ जना गम्भीर

चितवनमा बस र हायस गाडी ठोक्किए : चार जनाको मृत्यु, ४ जना गम्भीर

  • शुक्रवार, कार्तिक २३ २०८१

  • 983
    SHARES

  • चितवनमा बस र हायस गाडी ठोक्किए : चार जनाको मृत्यु, ४ जना गम्भीर

    काठमाडौं। चितवनमा बस र हायस गाडी ठोक्किँदा चार जनाको मृत्यु भएको छ। भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको हो भने ४ जना घाइते भएका हुन् ।

    मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र.०३–००१ ख.२८१२ नम्बरको बस एकआपसमा ठक्कर खादा चारजनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालले जानकारी दिनुभयो।

    हायसमा सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो। सो दुर्घटनाका घाइते चार जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।


    शुक्रवार, कार्तिक २३ २०८१०६:४७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij