काठमाडौं। आज देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
अहिले देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। यसैगरी राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।