Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

  • बुधवार, कार्तिक २१ २०८१

  • 696
    SHARES

  • बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर
    काठमाडौं । चितवनको रत्ननगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
     
    रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
     
    घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका  २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् ।
     
    उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    बुधवार, कार्तिक २१ २०८१०८:२३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij