Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • मंगलवार, कार्तिक २० २०८१

  • 509
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । 
     
    आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
     
    कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
    यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
     


    मंगलवार, कार्तिक २० २०८१०९:५९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij