Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सकियो तिहार, सरकारी कार्यालय भने भोलिबाट खुल्ने

सकियो तिहार, सरकारी कार्यालय भने भोलिबाट खुल्ने

  • सोमवार, कार्तिक १९ २०८१

  • 695
    SHARES

  • सकियो तिहार, सरकारी कार्यालय भने भोलिबाट खुल्ने
    काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन हिजो दाजुभाइले दिदी बहिनीको हातबाट टीका लगाएसँगै तिहार सकिएको हो ।
     
    यद्यपि आज सरकारी कार्यालय बन्द रहेका छन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ । १५ गते कुकुर तिहार र लक्ष्मीपूजाको दिनबाट ५ दिन सरकारी कार्यालय बन्द भएको थियो ।
     
    सरकारी कार्यालय  मंगलबार मात्रै खुल्नेछन् । आज टीका लगाउनेहरू फर्किने भएकाले भाइटीकाको भोलिपल्ट बिदा दिइएको हो ।
     
    अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ । १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन ।
     
    २०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो । पञ्चाङ्ग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भाइटीका उल्लेख थियो । नेवार समुदायले मंसिर २ गते किजापूजा गरेको थियो । त्यसैले सरकारले तिहारको बिदा एक दिन थप गरेको थियो । त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ ।
     


    सोमवार, कार्तिक १९ २०८१०९:३६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij