Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज तिहारको दिन यस्तो रहने छ देशभरको मौसम

आज तिहारको दिन यस्तो रहने छ देशभरको मौसम

  • आइतवार, कार्तिक १८ २०८१

  • 470
    SHARES

  • आज तिहारको दिन यस्तो रहने छ देशभरको मौसम
    काठमाडौं । आज तिहारको भाइटीकाको दिन । आज देशभर मौसममा पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
     
    जसअनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको महाशाखाको भनाइ छ । 
     
    यस्तै दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी  भूभागका एकदुई स्थानमा भने मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
    यस्तै राति पनि   कोशी प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


    आइतवार, कार्तिक १८ २०८१०९:१७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij