Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज तिहारको कुनै पर्व छैन, गाई तिहार भोली

आज तिहारको कुनै पर्व छैन, गाई तिहार भोली

  • शुक्रवार, कार्तिक १६ २०८१

  • 463
    SHARES

  • आज तिहारको कुनै पर्व छैन, गाई तिहार भोली

    काठमाडौं। आज तिहारको चौथो दिन भएपनि आज कुनै पनि पर्व नरहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

    आज यमपञ्चक यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भएपनि आज तिथिको घटबढको कारण तिहारको कुनै पर्व नरहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सुर्यप्रसाद ढुँगेलले जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटवर्क कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै ढुँगेलले तिथिको घटबढकै कारण पाँच दिनमा सकिने दोस्रो चाड तिहार यसवर्ष छ दिनसम्म लम्बिएको बताउनुभयो।

    कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलबारबाट सुरु भएकोमा कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएपछि सकिने छ ।

    नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको उहाँले जानकारी दिनुभयो । यसकारण गाई पूजा शनिबार नै गर्नुपर्ने भएकोले गाई तिहार पनि शनिबार नै मनाउनुपर्ने उहाँको भनाइ छ।

    शनिबार गाईगोरु पूजा,गोवर्द्धन पूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको छ।


    शुक्रवार, कार्तिक १६ २०८१०७:४१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij