Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

घट्यो डिजेल र मट्टितेलको मूल्य

घट्यो डिजेल र मट्टितेलको मूल्य

  • शुक्रवार, कार्तिक १६ २०८१

  • 554
    SHARES

  • घट्यो डिजेल र मट्टितेलको मूल्य

    काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। सञ्चालक समितिको हिजो बसेको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ घटाएको हो ।

    मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एकसय ४७ रुपियाँ ५० पैसा,दोस्रो वर्गका लागि एकसय ४९ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एकसय ५० रुपियाँ कायम भएको छ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।

    इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ र डिजेलमा १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

     


    शुक्रवार, कार्तिक १६ २०८१०६:५१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij