Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • शुक्रवार, कार्तिक १६ २०८१

  • 430
    SHARES

  • आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । यतिबेला देशभर पश्चिमी वायुको र पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।


    शुक्रवार, कार्तिक १६ २०८१०६:४१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij