Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज कुकुर पूजा, मीठा–मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै

आज कुकुर पूजा, मीठा–मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै

  • बिहिवार, कार्तिक १५ २०८१

  • 722
    SHARES

  • आज कुकुर पूजा, मीठा–मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै

    काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

    कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुभयो ।

    कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनुभयो ।

     


    बिहिवार, कार्तिक १५ २०८१०७:१६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij