काठमाडौं । फुटबल प्रेमी प्रकाश ज्ञवालीले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलमा नेपाली खेलाडीको एक गोल बराबर दश हजार दिने घोषणा गरेका छन् ।
व्यवसायी समेत रहेका ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै सो कुरा बताएका छन् । उनले पाल्पाको रामपुर नगरपालिका मार्फत् उक्त रकम खेलाडीलाई दिने बताएका हुन् ।
आज दशरथ रंगशालामा साविक बिजेता बंगलादेशसँग नेपाल उपाधिका लागि भिड्दैछ । खेल बेलुकी ६ः३० बजे हुनेछ । नेपाल पहिलोपटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ भने बंगलादेश दोस्रोपटकको उपाधि पनि आफ्नो पक्षमा पार्ने दाउसहित मैदानमा उत्रनेछ ।