Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तिहारमा पानी पर्ने सम्भावना

तिहारमा पानी पर्ने सम्भावना

  • बुधवार, कार्तिक १४ २०८१

  • 749
    SHARES

  • तिहारमा पानी पर्ने सम्भावना

    काठमाडौं। यसपटक तिहारमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आज तिहार विशेष बुलेटिन निकालेर यस्तो प्रक्षेपण गरेको हो।

    महाशाखाले चतुर्दशी (१५ गते), औंसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) सम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको हो।

    महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम भने मुख्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

    ‘उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिन्छ। यस मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा मौसमसम्बन्धी अद्यावधिक जानकारी हुने भएकोले महाशाखाको वेबसाइट हेर्न हुन समेत अनुरोध छ,’ महाशाखाले भनेको छ।

    GbHppFEXIAArGoG-1730276484.png

     


    बुधवार, कार्तिक १४ २०८१०२:३७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij