काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिव पद रिक्त भएको छ । मन्त्रालयका सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा संसदीय समितिबाट अनुमोदित भएसँगै मन्त्रालयमा सचिवको पद रिक्त भएको हो ।
बुधबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएका लम्सालको नाम सर्बसम्मतबाट अनोमदन गरेको छ । समितिबाट अनुमोदन भएसँगै अब राष्ट्रपतिले उनलाई राजदूतमा नियुक्त गर्नेछन् ।
परराष्ट्र मन्त्रालयको सचिव पद रिक्त भएसँगै मन्त्रालयका सहसचिव एवम प्रवक्ता समेत रहेका सहसचिव अमृत बहादुर राई सचिवमा बढुवा हुने सम्भावना रहेको छ ।