काठमाडौं। भक्तपुरमा बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।
चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस खरिपाटीस्थित घुमाउनेमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले घाइतेहरूको भक्तपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो।
बसमा अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको छ। बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युत्को खम्बासमेत भाँचिएको उहाँले जानकारी दिनुभयो।