Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संंख्या चार पुग्यो

सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संंख्या चार पुग्यो

  • मंगलवार, कार्तिक १३ २०८१

  • 502
    SHARES

  • सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संंख्या चार पुग्यो

    काठमाडौं । सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा अर्का एकजनाको मृत्यु भएको छ ।

    सल्यान कपुरकोटको सिनबाङमा हिजो भएको मिनी ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मानबहादुर भण्डारीको पनि मृत्यु भएको हो । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

    गम्भीर घाइते उनलाई कपुरकोट आधारभूत अस्पतालबाट तत्काल रेफर गरिएको थियो । यो सँगै मृतकको संख्या चार पुगेको छ । अन्य सातजना घाइते भएकाछन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    सल्यानको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनीट्रक साँझ ६ बजेतिर दुर्घटना भएको थियो ।

    दुर्घटनामा स्थानीय १४ वर्षका गोवर्धन खड्का, १२ वर्षीय अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको थियो ।
    मिनीट्रक सडकबाट १५० मिटर तल खसेको थियो ।


    मंगलवार, कार्तिक १३ २०८१०८:३८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij