Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यमपञ्चक आजदेखि शुरु

यमपञ्चक आजदेखि शुरु

  • मंगलवार, कार्तिक १३ २०८१

  • 715
    SHARES

  • यमपञ्चक आजदेखि शुरु

    काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि लाग्ने यमपञ्चक आजदेखि शुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ११ बजेर १ मिनेटसम्म द्वादशी तिथि रही त्यसपछि त्रयोदशी लाग्ने भएकाले यमपञ्चक आज नै शुरु हुन लागेको हो।

    तिहारको पहिलो दिन काग तिहार मनाइन्छ। यो दिन बिहान कागको पूजा गर्ने र खानेकुरा खानदिने परम्परा छ। त्रयोदशीकै साँझ यमदीपदान गर्ने परम्परा छ। यी दुवै कर्म बुधबार नै गर्नुपर्ने समितिले जनाएको छ।

    सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्राचार्य श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

    त्रयोदशीकै दिन आयुर्वेदका प्रवर्तक धनवन्तरि जयन्ती पनि मनाइन्छ। धनवन्तरि जयन्ती बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ।

     


    मंगलवार, कार्तिक १३ २०८१०७:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij