Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अनुमति सकिएको एयर एसियाको जहाजलाई मानवीयताका आधारमा अवतरण गराइयो

अनुमति सकिएको एयर एसियाको जहाजलाई मानवीयताका आधारमा अवतरण गराइयो

  • आइतवार, कार्तिक ११ २०८१

  • 445
    SHARES

  • अनुमति सकिएको एयर एसियाको जहाजलाई मानवीयताका आधारमा अवतरण गराइयो

    काठमाडौं । अवतरण अनुमति सकिएको एयर एसियाको जहाज काठमाडौं आएपछि लामो समय आकाशमा ‘होल्ड’ हुन पुगेको छ ।

    बैंककबाट काठमाडौंका लागि उडेको जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड गरिएको थियो । उक्त जहाज २ बजे काठमाडौंमा अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति सकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरण गर्ने अनुमति दिएन । त्यसपछि जहाज काठमाडौंमाथिको आकाशमा होल्ड भयो ।

    विमानस्थल स्रोतका अनुसार एयर एसियाको अवतरण अनुमति शनिबारसम्म मात्रै थियो । आइबारदेखि ‘विन्टर सेड्युल’ लागु भएकाले उक्त जहाजलाई विमानस्थलले काठमाडौंमा अवतरण गर्न दिएन ।

    उक्त कुरा विमानस्थलले नियामकीय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गरायो । लगत्तै प्राधिकरणको आकस्मिक बैठक बस्यो र अवतरणका लागि अनुमति दियो । अनुमति पाएपछि एयर एसिया २ बजेर ३७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यात्रुको सुरक्षा लगायतको कारण जहाजलाई अवतरणको अनुमति दिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभएको छ।

    समान्यतयाः जहाजको उडान र अवतरणबारे दुवैतर्फका विमानस्थललाई पहिल्यै थाहा हुन्छ ।

     


    आइतवार, कार्तिक ११ २०८१०३:५६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij