Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइपिएलको उपाधिका लागि मुम्बई र दिल्ली भिड्दै

आइपिएलको उपाधिका लागि मुम्बई र दिल्ली भिड्दै

  • मंगलवार, कार्तिक २५ २०७७

  • 720
    SHARES

  • आइपिएलको उपाधिका लागि मुम्बई र दिल्ली भिड्दै

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटको फाइनलमा आज मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    मुम्बई र दिल्लीबीचको फाइनल खेल दुबईमा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले मुम्बई र दिल्लीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

    रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई आइपिएलकै सर्वाधिक सफल टिम हो । मुम्बईले सर्वाधिक चारपटक उपाधि जितेको छ । दिल्लीले भने उपाधि जित्न सकेको छैन ।

    दिल्ली पहिलोपटक फाइनलमा पुगेको हो ।दिल्ली नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम हो । यद्यपि, यो सिजन सन्दीपले खेल्ने मौका पाएका छैनन् ।

    सैबीच, दिल्लीका कप्तान श्रेयस ऐय्यरले टस जितेर व्याटिङ रोजेका छन् ।


    मंगलवार, कार्तिक २५ २०७७०७:१६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij