Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दाङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • शनिवार, कार्तिक १० २०८१

  • 553
    SHARES

  • दाङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं । दाङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका(४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार राप्ती लोकमार्गअन्तर्गत आज बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका-३ साततलेमा रा१ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरु १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।


    प्रहरीका अनुसार गाडीदेखि तीन सय मिटर तल खसेको छ । गाडी सल्यानबाट तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।


    शनिवार, कार्तिक १० २०८१०८:३१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij