Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

धादिङमा भ्यान दुर्घटनाः ११ जना घाइते

धादिङमा भ्यान दुर्घटनाः ११ जना घाइते

  • शुक्रवार, कार्तिक ९ २०८१

  • 438
    SHARES

  • धादिङमा भ्यान दुर्घटनाः ११ जना घाइते

    काठमाडौं। धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटनामा परेको हो।

    प्रहरी चौकी महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठका अनुसार मनकामना दर्शनका लागि जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको हो ।

    घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ।

    भ्यान दुर्घटनाको कारण खुलिसकेको छैन। तर आफैं अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

     


    शुक्रवार, कार्तिक ९ २०८१०३:०९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij