काठमाडौं। प्युठानमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बुटवलबाट प्युठानको अर्खा जादैं गरेको जिप झिमरुक–६ अर्गेलीमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अन्ुसार बुटवलबाट प्युठानको अर्खा जाँदै गरेको लु २ ख ६३२२ जिप झिमरूक–६ अर्गेलीमा दुर्घटना भएको र घाइते १४ जनामध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरु गौमुखी पाँच निवासी आठ वर्षीय सरोज केसी, गौमुखीकी ३२ वर्षीया सुनीता केसी,गौमुखीकी ४२ वर्षीया खिमा मल्ल, गौमुखीका ३७ वर्षीय सन्तलाल गरुङ, गौमुखीका ५५ वर्षीय रेमलाल थापा,गौमुखीका ५० वर्षीय मोती पुन,झिमरुक ८ की ३२ वर्षीया सावित्रा बस्नेत, झिमरुक पाँचका ६० वर्षीय कुम्भ जिसी, धनकुमारी जिसी, मदानेका ३८ वर्षीय सालिकराम कुँवर छन्।
वर्ष ५७ का धनकुमारीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।