काठमाडौं। राप्ती नदीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ।
दाङको लमही नगरपालिका–२ रनियाँपुरका १२ वर्षीया झरना चौधरी, निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुर घर भै लमही–५ लमही गल्ली बस्ने १२ वर्षीय कृष्टी चौधरीको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाका अनुसार आज दिउँसो पौने दुई बजेको समयमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो।
मृतक बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको र थप अनुसन्धान चलिरहेको थापाले जानकारी दिनुभयो।