Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

७६ जिल्लामा डेंगु संक्रमण, २२ हजार बढी संक्रमित ,११ जनाको मृत्यु

७६ जिल्लामा डेंगु संक्रमण, २२ हजार बढी संक्रमित ,११ जनाको मृत्यु

  • मंगलवार, कार्तिक ६ २०८१

  • 773
    SHARES

  • ७६ जिल्लामा डेंगु संक्रमण, २२ हजार बढी संक्रमित ,११ जनाको मृत्यु
    काठमाडौं । हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को तथ्यांकअनुसार हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको  हो ।
     
    ईडिसिडीको तथ्यांकअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ हजार ५९४, कास्कीमा ३ हजार १८८,तनहुँमा २ हजार २९५,पर्वतमा १ हजार ५८८, चितवनमा १ हजार २९, ललितपुरमा ९६८, बागलुङमा ८२१,गोरखामा ७७२,भक्तपुरमा ६२४, कैलालीमा ४०८ जनामा डेंगु संक्रमण भएको ईडिसिडीको तथ्यांकमा उल्लेख छ ।
     
    यसैगरी प्रदेशअन्तर्गत गण्डकीमा ९ हजार ५३१, बागमतीमा ७ हजार ७६८,कोशीमा १ हजार ६४६,लुम्बिनीमा १ हजार ३४८, सुदूरपश्चिममा १ हजार ६५ जनामा संक्रमण देखिएको छ । कर्णालीमा ३०० र मधेश प्रदेशमा ४२४ जनामा डेंगु संक्रमण भएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
     


    मंगलवार, कार्तिक ६ २०८१०१:५१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij