Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु

  • आइतवार, कार्तिक ४ २०८१

  • 564
    SHARES

  • एमालेको सचिवालय बैठक सुरु

    काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।

    यद्यपि, आइतबारको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रचार तथा प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। ‘समसामयिक राजनीतिको पछिल्लो घटनाक्रमको बारेमा आज छलफल हुन्छ,’ गौतमले भन्नुभयो ।

    पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेको पक्राउबारे पनि बैठकमा छलफल हुनसक्ने बताइएको छ। शुक्रबार रविलाई काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएकोमा अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आज अनुमति दिएको छ।

    यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो। सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो।

    लगत्तै, व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो। त्यसयता, एमालेको उक्त कदमको चर्को आलोचना हुँदै आएको छ।

     


    आइतवार, कार्तिक ४ २०८१०५:४९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij