Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ४७ अंकको गिरावट, ८ अर्ब १८ करोडको कारोबार

नेप्सेमा ४७ अंकको गिरावट, ८ अर्ब १८ करोडको कारोबार

  • आइतवार, कार्तिक ४ २०८१

  • 612
    SHARES

  • नेप्सेमा ४७ अंकको गिरावट, ८ अर्ब १८ करोडको कारोबार
    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  आइतबार(आज) ४७.४४ अंकले घटेको छ । आज बजार खुल्ला हुँदा १ बजे केही बेर मात्र बढेको बजार दिनभर राताम्य भएको छ । नेप्से १.७२ प्रतिशतले घटेर २६९७.९१ विन्दुमा आएको छ ।
     
    नेप्से घट्दा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरमा २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर किनबेच भएको छ । आज १८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३१५ वटा कम्पनीको कारोबारमा आउँदा ८८ हजार ७१४ पटक शेयर किनबेच भएको छ ।
     
    आज सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ४ प्रतिशते घटेर ३ हजार २९९.४० विन्दुमा आएको छ । आज सबैभन्दा कम वाणिज्य बैंक समूह १.०२ प्रतिशतले घटेर १ हजार ५९१.७९ विन्दुमा आएको छ । आज म्युचुअल फण्ड भने स्थिर रहेर २१.२८ विन्दु कायम भएको छ ।
     
    त्यस्तै, विकास बैंक समूह २.३४ प्रतिशतले, होटेल एण्ड टुरिजम २.२३ प्रतिशतले, हाइड्रोपावर २.१४ प्रतिशतले, लगानी १.८९ प्रतिशतले, जीवन बीमा २.४६ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.०५ प्रतिशतले, लघुवित्त १.५२ प्रतिशतले, निर्जीवन बीमा १.५२ प्रतिशतले, अन्य समूह १.५० प्रतिशतले र ट्रेडिङ समूह १.८६ प्रतिशतले घटेको छ ।


    आइतवार, कार्तिक ४ २०८१०३:२३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij