Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सवारी चलाउन अब लाइसेन्स कार्ड नचाहिने

सवारी चलाउन अब लाइसेन्स कार्ड नचाहिने

  • शनिवार, कार्तिक ३ २०८१

  • 762
    SHARES

  • सवारी चलाउन अब लाइसेन्स कार्ड नचाहिने

    काठमाडौं। अबदेखी ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सवारी चालक अनुमतिपत्रका लागि लाइसेन्स कार्ड बोक्न नपर्ने व्यवस्था गरिएको जानकारी दिनु भएको छ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भएको लाइसेन्स बोक्न नपर्ने बताउनु भएको हो ।यस्तै उहाँले सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको समेत जनाउनु भएको छ।

    उहाँले भन्नुभएको छ, ‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ ।’

    आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने उहाँले जानकारी दिनुभयो। यस्तै नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको ओलीको भनाइ छ।

    ‘कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ, राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।’ उहाँको भनाइ छ।


    शनिवार, कार्तिक ३ २०८१०३:३२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij