Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नवलपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते

नवलपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते

  • शनिवार, कार्तिक ३ २०८१

  • 498
    SHARES

  • नवलपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते

    काठमाडौं। नवलपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। आज बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप कावासोती १ बालुवा डाँडामा दुर्घटनामा परेको हो।

    दुर्घटनामा परी एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो। मृत्यु हुनेमा बुलिङ्गटार–३ घर भई हाल कावासोती बस्दै आएका अन्दाजी २० वर्षीया पवित्रा मश्राङ्गी मगर र ३०–३२ वर्षीय पुरुष रहेका छन् ।

    मृतक पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो।

    घाइतेमध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको थप उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिनुभयो। घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्धार गरेको थियो ।

    यसैगरी, घाइते हुनेहरूमा बोलेरो चालक ३२ वर्षीय लील बहादुर सुस्लिङ, ३२ वर्षीया तुलीमाया सारु, २४ वर्षीया सबिना सारु, १८ वर्षीया सृष्टि पाटा मगर, २६ वर्षीया मालती थानी परियार, १० वर्षीय न्युलोक, २२ वर्षीय झमिसरा पुलामी मगर, २४ वर्षीय रवीन्द्र पुलामी मगर, ३ वर्षीय कृष पुलामी मगर, ३ वर्षीय कृषन पुलामी मगर, ९ वर्षीय आशिष् राना मगर, बोलेरो साहु ४३ वर्षीय भोजबहादुर पुलामी मगर, १२ वर्षीया आयुसा तिवारी, २९ वर्षीया सजिता खत्री, आठ वर्षीय सेरेन खत्री, ३० वर्षीया कृषि परियार र सात वर्षीय सचिन परियार रहेका छन् ।

    त्यस्तै, सात वर्षीय सफिरा परियार, १३ वर्षीया मालिका सुस्लिङ, १५ वर्षीया रोश्नी चिदी, ३३ वर्षी कर्णबहादुर सुस्लिङ मगर र हाल नामथर वतन नखुलेको अन्दाजी ३०–३५ को पुरुष घाइते भएका छन् ।

     


    शनिवार, कार्तिक ३ २०८१०३:२४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij