Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज कति घट्यो सुनको मूल्य ?

आज कति घट्यो सुनको मूल्य ?

  • मंगलवार, कार्तिक २५ २०७७

  • 1.2K
    SHARES

  • आज कति घट्यो सुनको मूल्य ?

    काठमाडौं । आज सुनको भाउमा उच्च गिरावट आएको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन तीन हजार ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार ९८ हजार दुई सयमा कारोबार भएको छापावाल सुनको भाउ आज ९४ हजार आठ सय रुपैयाँमा झरेको छ । यस्तै, महासंघले तेजाबी सुनको मूल्य आजका लागि ९४ हजार तीन सय रुपैयाँ तोकेको छ ।

    यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला ७० रुपैयाँले गिरावट आएर १२ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।कोरोना भाइरसविरुद्धको खोप ९० प्रतिशतसम्म प्रभावकारी रहेको भन्ने सोमबारको अन्तर्राष्ट्रिय समाचारको प्रभाव सुन बजारमा परेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।


    मंगलवार, कार्तिक २५ २०७७०१:५६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij