Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

धर्मशाला विवाद : उच्च अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश जारी

धर्मशाला विवाद : उच्च अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश जारी

  • शुक्रवार, कार्तिक २ २०८१

  • 303
    SHARES

  • धर्मशाला विवाद : उच्च अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश जारी

    काठमाडौं। पशुपतिको गौशाला धर्मशाला विवादमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। समितिले पशुपति क्षेत्र विकास कोषसमेत ११ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।

    महानगरपालिकाले पशुपति क्षेत्र विकास कोषको नौ रोपनी नौ आना दुई पैसा जग्गा कब्जा गरेर मारवाडी सेवा समितिले निर्माण गरेका अवैध संरचना हटाउन र पशुपति गौशाला धर्मशाला खाली गर्न खोजेको थियो ।

    श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच २०६० मा भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपियाँ ‘सहयोग’ बुझाउने समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पालेर दुध व्यापार गर्दै आएको छ । साथै समितिले धर्मशालाका १९ वटा सटर भाडामा लगाएर प्रतिसटर मासिक ३५ हजार रुपियाँभन्दा बढी असुल्ने गरेको छ ।

     


    शुक्रवार, कार्तिक २ २०८१०५:२३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij