Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वकप लिग २ का लागि सन्दीपले पाए अमेरिकाको भिसा, आजै साँझ प्रस्थान गर्ने

विश्वकप लिग २ का लागि सन्दीपले पाए अमेरिकाको भिसा, आजै साँझ प्रस्थान गर्ने

  • शुक्रवार, कार्तिक २ २०८१

  • 591
    SHARES

  • विश्वकप लिग २ का लागि सन्दीपले पाए अमेरिकाको भिसा, आजै साँझ प्रस्थान गर्ने
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेले काठमाडौंस्थित अमेरिकी दूतावासबाट भिसा पाएको जानकारी दिएको छ।
     
    लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताए। उहाँले अमेरिकाको भिसा पाउनुभएको छ। आज साँझ नै त्यसतर्फ प्रस्थान गर्नुहुन्छ,’ लामाले भने। अमेरिकाको भिसा प्रक्रियामा ढिलाइ भएपछि लामिछानेले दुखेसो पोखेका थिए।
     
    यसैबीच नेपाल र अमेरिकाबीचको टी–२० शृंखला आजदेखि सुरू भएको छ। डालासमा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो। लामिछानेले टी–२० शृंखला खेल्ने सम्भावना न्यून रहेको बताइएको छ। उनी शुक्रबादेखि हुने आइसीसी लिग २ को खेल खेल्नेछन्। लिग २ को खेलमा नेपालले आयोजक अमेरिका र स्कटल्यान्डसँग दुई–दुई खेल खेल्नेछ। 
    sandeep-visa-1729245404.jpg


    शुक्रवार, कार्तिक २ २०८१०४:१९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij