काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बस्न लागेको बैठकमा बाढी पहिरो प्रभावितक क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका के–के कार्यक्रम लैजाने भन्नेबारे छलफल हुने भएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रका बस्ती सारेर सुरक्षित स्थानमा एकीकृत बस्तीहरु निर्माण गर्न बैठकले निर्णय गर्ने तयारी छ ।
यसबाहेक पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनबारे पनि परिषदले निर्णय गर्नेछ ।