Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

खोज तथा उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस

खोज तथा उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस

  • बिहिवार, कार्तिक १ २०८१

  • 313
    SHARES

  • खोज तथा उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको समयमा हुने खोज तथा उद्धारका लागि थप हेलिकप्टर चाहिने निष्कर्ष निकालेको छ ।

    बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विपदका बेला खोज तथा उद्धारका लागि हेलिकप्टर अपुग भएको निष्कर्ष निकालेको छ ।

    प्राधिकरणका सहसहचिव बसन्त अधिकारीका अनुसार थप हेलिकप्टर किन्न र खोज तथा उद्धारका लागि अत्यावश्यक सामग्री किन्न प्राधिकरणकै राष्ट्रिय परिषदलाई सिफारिस गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहने यो परिषदको बैठक शुक्रबारका लागि बोलाइएको छ ।

    यस्तै यस वर्ष मनसुन अवधि जेठ २८ देखि असोज २६ गतेसम्म विपदबाट मृत्यु भएकाहरुको परिवारका एक सदस्यको बीमा गर्न पनि सिफारिस गरेको छ ।

     


    बिहिवार, कार्तिक १ २०८१०६:३५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij