Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

२ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार

२ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार

  • बिहिवार, कार्तिक १ २०८१

  • 586
    SHARES

  • २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार

    काठमाडौं । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

    असोज २७–२८ गते भएको उक्त घटनामा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । २ दिनपछि प्रहरीले घटना विवरण सार्वजनिक गरेको हो ।


    १२ वर्षीया नाबालिगलाई ५ जनाले ललाईफकाई कोहलपुरस्थित न्युरोडको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाँके बैजनाथ–१ का २४ वर्षीय डम्बरबहादुर रोकाया, १९ वर्षीय निशान रोकाया, विजय कार्की, गाभर बस्ने निर्मल थापा र करेली बस्ने जीवन रोकाया छन् ।

    २७ गते नाबालिगलाई फकाएर न्युरोडस्थित यात्री होटल पुर्‍याइएको थियो । पहिलो दिन २ जना र भोलिपल्ट बाँकी होटलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीले बताउनुभयो ।

     


    बिहिवार, कार्तिक १ २०८१०२:०८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij