Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

गौशाला धर्मशाला खाली गराउन गएको महानगर प्रहरी रित्तो हात फर्कियो

गौशाला धर्मशाला खाली गराउन गएको महानगर प्रहरी रित्तो हात फर्कियो

  • बुधवार, आश्विन ३० २०८१

  • 487
    SHARES

  • गौशाला धर्मशाला खाली गराउन गएको महानगर प्रहरी रित्तो हात फर्कियो

    काठमाडौं । पशुपतिनाथको स्वामित्वको गौशाला धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली आज पनि रित्तो हात फर्किएको छ ।

    प्रहरीले धर्मशालाभित्र पस्न नदिएपछि उनीहरू महानगरको साइनबोर्ड लगाएर फर्किएका हुन् ।

    पशुपति क्षेत्र विकास कोषबाट गौशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौं महानगरपालिकाले पाएपनि यसअघि सञ्चालन गर्दै आएको मारवाडी सेवा समितिले विरोध गर्दै आएको छ ।

    महानगर र समिति आमनेसामने भएपछि गौशालामा प्रहरीले सुरक्षा दिँदै आएको छ ।


    बुधवार, आश्विन ३० २०८१०५:१५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij