Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

देशभर डेङ्गी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, ७६ जिल्ला फैलियो

देशभर डेङ्गी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, ७६ जिल्ला फैलियो

  • बुधवार, आश्विन ३० २०८१

  • 386
    SHARES

  • देशभर डेङ्गी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, ७६ जिल्ला फैलियो

    काठमाण्डौ – देशभर डेङ्गी सङ्क्रमण फैलिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघेको छ । डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ ।

    काठमाण्डौमा तीन हजार एक सय तीन, कास्कीमा दुई हजार आठ सय ४७, तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा पाँच सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले मनसुन सकिएपछिको अहिलेको अवस्थामा डेङ्गीको जोखिम अझ बढी हुने बताउनुभयो । दशैँलगत्तै अस्पताल पुग्ने डेङ्गीको बिरामी बढिरहेका र समुदायमा डेङ्गी सङ्क्रमण फैलिएको उहाँको भनाइ छ ।

    डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्नको लागि पूरा शरीर ढाक्ने कपडा लगाउन, घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, खाली भाँडाकुँडा घोप्ट्याएर राख्न, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहन तथा सुत्ने बेला झुलको प्रयोग गर्न डाक्टरहरुले सुझाव दिँदै आएका छन् । 
     


    बुधवार, आश्विन ३० २०८१११:३४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij