Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रसंघीय 'सीड' कमिटीमा दोस्रो कार्यकालका लागि पनि बन्दना राणा

राष्ट्रसंघीय 'सीड' कमिटीमा दोस्रो कार्यकालका लागि पनि बन्दना राणा

  • मंगलवार, कार्तिक २५ २०७७

  • 1.5K
    SHARES

  • राष्ट्रसंघीय 'सीड' कमिटीमा दोस्रो कार्यकालका लागि पनि बन्दना राणा

    काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीड)को सदस्यमा बन्दना राणा फेरि निर्वाचित हुनुभएको छ । चालु कार्यसमितिमा पनि राणा सदस्य हुनुहुन्छ ।

    उक्त समितिमा राणा १३७ भोट ल्याएर विजयी हुनुभएको हो । ११ सदस्यका लागि १९ देशले उम्मेद्वारी दर्ता गरेका थिए । तर, तीन देशले उम्मेद्वारी फिर्ता लिएपछि १६ देशबीच प्रतिस्पर्धा भएको थियो ।

    उनीहरुलाई १८९ सदस्य देश मध्ये १८८ देशले मतदान गरेका थिए । राणाले तेस्रो बढी मत पाएकी हुन् । १ जनवरी २०२१ देखि नयाँ कार्यकाल शुरु हुनेछ । समितमा रहेर काम गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ । राणाले तीन दशकदेखि लैंगिक समानता र महिला अधिकारको पक्षमा काम गर्दै आउनुभएको छ ।

    आफू निर्वाचित भएपछि उहाँले फेसबुकमार्फत सबै मतदाता देशलाई धन्यवाद दिंदै आफू अझै प्रतिबद्ध भएर महिलाविरुद्ध हुने सबै विभेदविरुद्ध काम गर्ने बताउनुभएको छ ।


    मंगलवार, कार्तिक २५ २०७७०८:५३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij