Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज पनि दशैंको टीका र जमरा थाप्ने क्रम जारी

आज पनि दशैंको टीका र जमरा थाप्ने क्रम जारी

  • सोमवार, आश्विन २८ २०८१

  • 383
    SHARES

  • आज पनि दशैंको टीका र जमरा थाप्ने क्रम जारी

    काठमाडौं । दसैंको द्वादशी आज पनि अधिकांस स्थानमा टीका लगाउने क्रम जारी छ। विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने छ।

    टीकाको दिन आआफ्ना घरमा मान्यजनको हातबाट टीका लगाएसँगै टाढा रहेका आफन्तकोमा टीका लगाउने जाने प्रचलन रहेको छ।

    कतिपय स्थानमा भने विजयादशमीको दिन मात्र टीका–लगाउने परम्परा छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम पनि सकिनेछ। फूलपातीका दिन बिहीबार शुरु भएको बडादशैँको सार्वजनिक बिदा आजसम्म रहेको छ।

    भोलिदेखि कार्यालय खुल्ने भएपछि काठमाडौंबाट गाउँ गएकाहरू फर्किने क्रम पनि सुरु भएको छ।


    सोमवार, आश्विन २८ २०८१११:०८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij