Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै

राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै

  • मंगलवार, कार्तिक २५ २०७७

  • 1.2K
    SHARES

  • राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै

    काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै छ ।

    यस अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण अभियानमा लाग्ने प्रेरणा फाल्गुनन्द जन्मजयन्तीले प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

    फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ । विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतमा फाल्गुनन्द जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण धेरै व्यक्ति भेला भएर जन्मजयन्ती मनाइने छैन ।

    वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए । फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति चर्चित छ ।

    फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।


    मंगलवार, कार्तिक २५ २०७७०८:११:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij