Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज पनि दशैँको टीका लगाउनेक्रम जारी

आज पनि दशैँको टीका लगाउनेक्रम जारी

  • आइतवार, आश्विन २७ २०८१

  • 568
    SHARES

  • आज पनि दशैँको टीका लगाउनेक्रम जारी

    काठमाडौं । दशैँको टीकाको आज दोस्रो दिन । विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद लिने गर्छन् ।

    साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तकहाँ पुग्ने गर्दछन् ।

    आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्छ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाको हातबाट थापेर आशिर्वाद लिने गरिन्छ ।

    आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ । ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।

     


    आइतवार, आश्विन २७ २०८१११:१०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij