Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

दसैँका दुई दिनमा ६३ हजारले गरे हवाई यात्रा

दसैँका दुई दिनमा ६३ हजारले गरे हवाई यात्रा

  • आइतवार, आश्विन २७ २०८१

  • 728
    SHARES

  • दसैँका दुई दिनमा ६३ हजारले गरे हवाई यात्रा

    काठमाडौं । बडादसैँका दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २५ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर ३०१ उडानमार्फत १७ हजार ३२९ जनाले हवाई यात्रा गरे । असोज २५ गते २७८ उडानबाट १४ हजार ४३६ गरी कुल ३१ हजार ७६५ जनाले आन्तरिक उडानमा हवाई यात्रा गरेका छन् 

    यस्तै, अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी १०७ उडानमार्फत १६ हजार ५०९ जनाले हवाई यात्रा गरे । असोज २५ गते पनि १०७ उडान हुँदा १४ हजार ९६८ गरी कुल ३१ हजार ४७७ जनाले हवाई यात्रा गरेका विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु संख्या आगमन र प्रस्थान दुवैको हो ।

    यसअघि, यही असोज १४ गते एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७०४ जनाले हवाई यात्रा गरेका थिए । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानमा चाप भएको थियो ।

    अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ चाप बढेपछि टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । असोज १३, १४, १५ र १६ गते हवाई उडानको चाप बढेको थियो । 


    आइतवार, आश्विन २७ २०८१०९:४३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij