Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंबाट दशैं बनाउन अहिलेसम्म करिव ९ लाख यात्रु बाहिरिए

काठमाडौंबाट दशैं बनाउन अहिलेसम्म करिव ९ लाख यात्रु बाहिरिए

  • शुक्रवार, आश्विन २५ २०८१

  • 539
    SHARES

  • काठमाडौंबाट दशैं बनाउन अहिलेसम्म करिव ९ लाख यात्रु बाहिरिए

    काठमाडौं । काठमाडौंबाट दशैं बनाउन अहिलेसम्म करिव ९ लाख यात्रु बाहिरिएका छन् । महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले यस वर्षको दशैंमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताउनुभयो ।

    अध्यक्ष स्वारका अनुसार शुक्रबारसम्म दशैंका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्याङ्क आउन बाँकी छ। ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दशैंमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनीकरण गर्न सजगताका साथ राजमार्गहरूमा ‘चेक’ भइरहेको जानकारी दिनुभयो ।


    शुक्रवार, आश्विन २५ २०८१०८:०५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij