Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झन्डै ७३ करोड बराबरको क्षति

वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झन्डै ७३ करोड बराबरको क्षति

  • बिहिवार, आश्विन २४ २०८१

  • 571
    SHARES

  • वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झन्डै ७३ करोड बराबरको क्षति

    काठमाडौं । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झन्डै ७३ करोडबराबरको क्षति भएको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो ।

    क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख बराबरको क्षति भएको महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

    यस्तै, वाग्मती टिपर व्यवसायी संघको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी संघको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको ६ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड बराबरको क्षति भएको छ ।

    महासंघका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेर गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिनुभयो ।


    बिहिवार, आश्विन २४ २०८११०:५१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij