Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

डेंगी संक्रमणबाट गण्डकी प्रदेशमा मात्रै सातजनाको मृत्यु

डेंगी संक्रमणबाट गण्डकी प्रदेशमा मात्रै सातजनाको मृत्यु

  • बुधवार, आश्विन २३ २०८१

  • 412
    SHARES

  • डेंगी संक्रमणबाट गण्डकी प्रदेशमा मात्रै सातजनाको मृत्यु

    गण्डकी । डेंगी संक्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सातजनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो ।

    त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार ७२६ जनामा डेंगी संक्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए ।

    उनका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेंगी संक्रणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म ६ हजार ४५२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।


    बुधवार, आश्विन २३ २०८११२:३२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij