Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अवरुद्ध कान्ति लोकपथ सञ्चालनमा

अवरुद्ध कान्ति लोकपथ सञ्चालनमा

  • मंगलवार, आश्विन २२ २०८१

  • 516
    SHARES

  • अवरुद्ध कान्ति लोकपथ सञ्चालनमा

    काठमाडौं। अवरुद्ध कान्ति लोकपथ मार्ग सुचारु भएको छ । नेपाली सेनाको सक्रियतामा गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोले अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो।

    मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका–८ महादेवटार र ललितपुर जिल्ला, बाग्मती गाउँपालिका–२ बगुवास्थित बाग्मती खोलामा रहेको पुलको केही भाग बगाएपश्चात् अवरुद्ध भएको कान्ति लोकपथ मार्गमा मिति सोमबारबाट सवारी आवागमन सुचारु भएको छ ।

    उक्त लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा कार्य गरिरहेको जनाएको छ । दुई स्थानमा करिब ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन गरेको छ ।

    यसैगरी ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गरेको छ भने बागमती नदीमा करिब ४० मिटर लम्बाइको ¥याप निर्माण गरी पुलसम्म सडक जोडेको जनाएको छ ।

    ग्याबिन बक्स तथा बागमती नदीमा ह्युम पाइप राखी अस्थायी सडक बनाएको जानकारी दिँदै सेनाले कान्ति लोकपथको अन्य विभिन्न खण्डमा पहिरो पन्छाउने कार्य गरेको जनाएको छ ।

     


    मंगलवार, आश्विन २२ २०८१०१:५१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij