Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आजदेखि मेलम्चीको पानी सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा पठाइने

आजदेखि मेलम्चीको पानी सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा पठाइने

  • मंगलवार, आश्विन २२ २०८१

  • 427
    SHARES

  • आजदेखि मेलम्चीको पानी सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा पठाइने

    काठमाण्डौ – आजदेखि मेलम्चीको पानी काठमाण्डौको सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा पठाइने भएको छ । मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच हिजो भएको वार्तामा काठमाण्डौमा मेलम्चीको पानी पठाउने सहमति भएको हो । मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवम् त्यहाँका सरोकारवालापक्षसँग वार्ता गर्नुभएको भएको हो ।

    मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाण्डौमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाण्डौ आउने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सहमतिअनुसार आयोजना पुनःनिर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्ने गरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले पहल गर्नेछ । 


    मंगलवार, आश्विन २२ २०८१११:४३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij