Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

लायन्स क्लबद्वारा तार्केश्वर नगरपालिकाका पहिरो पीडितहरूलाई राहत वितरण

लायन्स क्लबद्वारा तार्केश्वर नगरपालिकाका पहिरो पीडितहरूलाई राहत वितरण

  • सोमवार, आश्विन २१ २०८१

  • 572
    SHARES

  • लायन्स क्लबद्वारा तार्केश्वर नगरपालिकाका पहिरो पीडितहरूलाई राहत वितरण
    काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालले नुवाकोटको शिवपुरी गाउँपालिका र काठमाडौंको तार्केश्वर नगरपालिकाका पहिरो पीडितहरूलाई राहत वितरण गरेको छ । गत सता आएको  अविरल वर्षाको कारण नुवाकोटको शिवपुरी गाउँपालिका– ५ का १६१ परिवार र काठमाडौं तारकेश्वर नगरपालिकाको विभिन्न क्षेत्रमा भएको क्षतिको कारण विस्थापित भएका ३८ परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
     
    पहिरो पीडित प्रत्येक परिवारलाई एक बोरा चामल, नुन, तेल, चिउरा, मसला लगायतका सामाग्रीहरू वितरण गरिएको लायन्स फुडबैक चिफ जनार्दन फुयाँलले जानकारी दिनुभयो । मानवीय सेवाभावले लायन्स क्लबको अन्तर्राष्ट्रिय इमर्जेन्सी फण्डबाट प्राप्त सहयोग लिएर यस क्षेत्रमा आएको उहाँले जानकारी दिनुभयो। 
     
    पछिल्लो समय लगातारको वर्षाले भएको क्षतिबाट उत्पन्न परिस्थितिमा पीडित बनेका परिवारको पीडालाई न्यूनीकरण गर्ने उद्देश्यले खाद्यान्न सहयोग लिएर यस क्षेत्रमा आएको लायन्स क्लब इन्टरनेशनलका डिस्ट्रिक्ट कोर्डिनेटर अनुज कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । मानवीयता, पहिलो प्राथमिकता भन्ने अवधारणा अनुसार मानवीय सेवामा लायन्स क्लब सक्रियतापूर्वक लागिरहेको छ। 
     
    बाढी पहिरो, आगलागी, भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट  उत्पन्न असहज अवस्थामा अग्रपंक्तिमा रहेर लायन्स क्लबले उद्धार कार्यमा गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । खाद्यान्न वितरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर विनोद ढुङ्गाना, प्रथम भाईस गभर्नर पार्वती खरेल पाण्डे, दोस्रो भाइस गभर्नर सूर्य केसी लगायतको लायन लिडरहरूको उपस्थिति रहेको थियो  । 
     
    लायन्स क्लबका अनुसार लायन्स   क्लब अन्तर्राष्ट्रियको एलसिआईएफ इमर्जेन्सी फण्डबाट प्राप्त ग्रान्टमा लायन्स फुडबैकको समेत सहभागितामा खाद्यान्न वितरण गरिएको उहाँले जानकारी दिनुभएको छ। नुवाकोट शिवपुरी–५ को कार्यालय परिसरमा वडा अध्यक्ष रेशम बहादुर मोक्तानको रोहबरमा र काठमाडौं  तार्केश्वर नगरपालिकाको कार्यालय भवनको प्राङ्गणमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको रोहबरमा उपस्थित प्रभावितहरूको परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको थियो ।


    सोमवार, आश्विन २१ २०८१०६:३३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij