Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः यी प्रदेशमा हुनेछ वर्षा..

आजको मौसमः यी प्रदेशमा हुनेछ वर्षा..

  • सोमवार, आश्विन २१ २०८१

  • 616
    SHARES

  • आजको मौसमः यी प्रदेशमा हुनेछ वर्षा..

    काठमाडौं। आज पनि देशका केही भुभागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ।महाशाखाका अनुसार राति कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

    कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव कायमै छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।


    सोमवार, आश्विन २१ २०८१०६:५६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij