काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको छ। राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो ।
संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उहाँको नाम अनुमोदन गरेको थियो ।
राष्ट्रपति कार्यालयले उहाँको आजै शपथको कार्यक्रम तय भएको जनाएको छ ।